१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी र हृदयन्द्र तीन महिनापछि स्वदेश फर्किए



अ+ अ-

काठमाडौंः पूर्वयूवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर मंगलबार स्वदेश फर्केकी छन् । बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै अड्केकी थिइन् ।

नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो । सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि फर्केका हुन् । त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले पनि हिमानी फर्किएको पुष्टि गरे । नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको महाप्रबन्धक केसीले जानकारी दिए ।

हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै बसेका छन् । उनीहरुको कलेज खुलिसकेकाले नेपाल नआएको बुझिएको छ । थाइल्यान्डमा बस्दा हिमानीले छोरीहरुसित बनाएको टिकटक भिडियो भाइरल भएको थियो ।