२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह



अ+ अ-

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर अन्तर्राष्ट्रिय स्तरमा पाउने सफलताले देशको गौरव बढाउने भएकाले प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

जनकपुरधाममा आज मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो केही समय यता मधेशका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरिरहेको सफलताले प्रदेशको गौरव बढाउने काम गरेकाले खेलाडीको सम्मानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मधेशको लोकप्रिय खेलको रुपमा रहेको कबड्डी, क्रिकेटसहित अन्य खेलकुदको विकासका लागि पूर्वाधारको निर्माणका साथै खेलाडीलाई प्रशिक्षणसहितको सुविधा प्रदान गर्न बजेट विनियोजन गरिएको बताउनुभयो ।

मधेश प्रदेश सरकारको आयोजनामा आजदेखि जनकपुरधाममा मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा सात प्रदेशका खेलाडी सहभागी छन् । प्रतियोगिता असार १४ गतेसम्म चल्ने मधेश प्रदेशका खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानूले बताउनुभयो ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले मधेशमा खेलकुदको वातावरण बन्दै गएकामा खुशी व्यक्त गर्नुभयो । प्रदेश सरकारले अगामी आर्थिक वर्षमा ‘खेलौँ मधेश, जितौँ मधेश’ जस्ता कार्यक्रमहरू ल्याएको उल्लेख गर्नुभयो । प्रतियोगितामा मधेश प्रदेशका साथै कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशको मात्र सहभागिता रहेको छ ।

प्रथम मुख्यमन्त्री अन्तर–प्रदेश प्रतियोगितामा सात प्रदेशका गरेर ८४ खेलाडी सहभागी हुने छन् । कबड्डी प्रतियोगिताको हब मानिने मधेश प्रदेशमा प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा पहिलो पटक प्रतियोगितामा विजयी टोलीलाई रु २५ हजार, पदक, प्रमाणपत्र तथा शिल्ड रहेको प्रदान गरिने भएको छ ।

द्वितीय हुने टोलीलाई २० हजार नगद, पदक, प्रमाणपत्र, शिल्ड तथा तृतीय हुनेलाई रु १५ हजार नगद, पदक, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिने भएको छ । मधेश प्रदेश सरकारले कबड्डी प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको छ । रासस