२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिन्छः मन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिने बतउनुभएको छ ।

राष्ट्रिय युवा उद्यमी सञ्जालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवाहरुले देशमै फर्किएर केही गर्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले देशमा धेरै अवसर हुँदा पनि युवाहरु विदेश गइरहेको भन्दै स्वदेश फर्किएर सिर्जनशिल बन्न आग्रह गर्नुभयो । सकारात्मक सोचसहित देशमै केही गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘युवाहरु यही देशमा फर्किएर, यही देशमा गर्न सकिन्छ । धेरै अवसर छ । यही देशमा केही गरौँ । विदेश नजानुहोला । आफ्नै देशमा काम गर्न सकिन्छ । विदेश जाने युवाहरुको दशा देखेकै छौँ । यही देशमा केही गरौँ । सकारात्मक सोच राखौँ । यही गर्न सकिन्छ ।’

मन्त्री चौधरीले आफू राजनीतिमा भन्दा उद्योगहरु खोल्ने र व्यापार व्यवसाय गर्नेकुरामा चासो राख्दै आएको बताउनु भयो । उहाँले नेपाली युवाहरु लजाउने भन्दा नेपालमा कपाल काट्ने, सिलाई बुनाइ गर्ने, सरसफाई गर्ने, फलफूल बेच्ने लगायतका कामहरु गर्नसके रोजगारी स्वदेशमै सिर्जना हुने बताउनु भयो । उहाँले स्कुलमा व्यवहारिक कुराहरु काम सिकाउनुपर्ने बताउनु भयो ।