२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई प्रहरीद्वारा नेपाली चढेको बस नियन्त्रणमा, ७० जना नेपालीको बिचल्ली



अ+ अ-

नयाँदिल्ली । रोजगारी गुमे पनि कोरोनाको संक्रमणबाट बच्ने आसमा स्वदेश हिँडेका नेपालीहरू भारतको मुम्बईमा तीन दिनदेखि बिचल्लीमा परेका छन् । भारतका पुने र मुम्बईमा रहेका ७० जना नेपालीहरू गत शनिबार बिहान बसबाट कैलालीका लागि हिँडेका थिए । तर, बस गुडेको केही घण्टामै स्थानीय प्रहरीले नियन्त्रणमा लियो । लकडाउनका बेला बिनाअनुमति बस चलाएको भन्दै मुम्बईको थाने जिल्लास्थित तीन हाता नाकाका प्रहरीले नियन्त्रण लिएपछि उनीहरू बिचल्लीमा परेका हुन् । प्रहरीले बसका मालिक र चालकलाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको छ । हाल उक्त बसलाई मुम्बईकै भिववन्डीस्थित राज्य परिवहनको बस पार्कमा राखिएको छ । भारत सरकारले कोरोना महामारीको रोकथामका लागि सार्वजनिक बसमा आधा यात्रु राखेर चलाउने छुट दिएको छ । तर, उक्त बसमा ७० भन्दा बढी यात्रुलाई कोचकोच गरी राखिएको थियो । दुई जनाको सिटमा चार जनासम्म थिए ।

प्रहरी निरीक्षक उमेश देवडेले बसले महाराष्ट्र राज्यको कर नतिरेको, सवारी अनुमति पनि नलिएको र सामाजिक दूरी कायम नगरेर चरम लापरबाही गरेकाले नियन्त्रणमा लिएको कान्तिपुरलाई बताए । ‘बसमा यात्रुहरू कोचाकोच गरेको ल्याएको थियो,’ उनले भने । उनले अनुमति लिएको बस आएको खण्डमा नेपालीहरूलाई पठाउन कुनै समस्या नहुने बताए । नेपाल फर्केन खोज्नेहरू सबैजसो पुने र मुम्बईका विभिन्न होटल र सोसाइटीमा कार्यरत थिए । करिब आठ महिनाअघि मात्र मुम्बई पुगेका एक नेपालीले तीन महिनादेखि बेराजगार रहेको बताए । काम गर्दै आएको होटल बन्द भएपछि उनलाई खान र बस्नको समस्या पनि पिरलो हुँदै गएको थियो । त्यसमाथि पछिल्लो समय महाराष्ट्रमा कोरोनाको संक्रमणमा तीव्र वृद्धि भएको थियो । ‘काम नहुँदा एकातिर भोकै मर्ने डर अर्कोतर्फ कोरोनाको त्रास, त्यही भएर जसरी पनि घर जान भनेर हिँडेका हौं,’ उनले भने ।

तर, उनीहरूलाई दुस्खलाई साथ छाडेन । सबै जना शनिबारदेखि बसपार्कमा अलपत्र छन् । न खाने व्यवस्था छ न त बस्ने । एक महिनाको काखे बालकदेखि वृद्धहरूसमेत रहेकाले गर्मी र लामखुट्टेका कारण उनीहरू बिरामी पर्ने हुन् कि भन्ने चिन्ता पनि त्यत्तिकै छ । कोही बसभित्रै र कोही बसपार्कको कुर्सी र भुइँमा दिनरात कटाउन बाध्य छन् । शनिबार भोकै रहेका उनीहरूलाई आइतबार बिहान स्थानीयहरूले खाना दिएका थिए । त्यस दिन साँझ भने नेपालीहरूले स्थानीयहरूसँग भाँडा मागेर आफैंले पकाएका थिए । ‘बस सञ्चालकका कारण नेपाली दाजुभाइले अनाहकमा दुस्ख पाउनुपर्‍यो, बिचल्ली भयो,’ मुम्बईकै मनकामना एकता फाउन्डेसनका सल्लाहकार समितिका संयोजक शालिग्राम तिवारीले भने । सोमबार साँझको खानाको प्रबन्ध भने उक्त संस्थाले प्रबन्ध गर्न थालेको तिवारीले जानकारी दिए । बस प्रहरीको नियन्त्रणमा पर्नासाथ नेपालीहरूले बसका एजेन्टहरूलाई सम्पर्क गर्ने प्रयास नगरेका होइनन् ।

तर, नेपालीहरूलाई घर पठाउन चासो नदेखाएको यात्रुहरूको गुनासो छ । फोन गरे पनि सकेसम्म नउठाउने र उठाइहाले पनि भोलि हुन्छ भन्दै टार्ने गरेको टीकापुरका लागि हिँडेका सूर्य जैसीले भने । घटनाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासलाई पनि जानकारी गराइसकेको तिवारीले बताए । कान्तिपुर दैनिक