२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पतञ्जली प्रकरण: अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने नेकपा एसको बुझाई ,मुद्दा प्रतिशोधपूर्ण



अ+ अ-

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पतञ्जली योग पीठको जग्गा प्रकरणको मुद्दा प्रतिशोधपूर्ण रहेको बताउनु भएको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०६९ सालमा अख्तियारले मुद्दा नचल्ने भनेर तामेलीमा राखिसकेको विषयलाई अहिले चिहानबाट उधिनेर अगाडि बढाइएको गुनासो गर्नुभयो ।

एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाका अनुसार अध्यक्ष नेपालले आफूमाथि लागेको सबै आरोपहरु झुठा रहेको बताउनु भएको थियो ।

‘२०६९ सालमा अख्तियारले हदबन्दीबाहेक अन्य कुराहरु अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने, पतञ्जलीले केही जग्गा खरिद गरिसकेको, यो मुद्दा तामेलीमा राख्ने भनेर अख्तियारले क्लोज गरिसकेको, २०६९ सालमा एक किसिमले क्लोज भएको तामेलीमा राखेको मुद्दालाई उधिनेर, चिहानबाट उधिनेर अहिले मुद्दा अगाडि बढाउने प्रयास गरियो । त्यो सबै विवरणसहित अदालतमा आफूले बयान दिएको विषयहरु रिपोर्टिङको रुपमा बैठकमा राख्नुभयो,’– अध्यक्ष नेपालको भनाइ उदृत गर्दै ज्वालाले भन्नुभयो ।

उपाध्यक्ष ज्वालाका अनुसार अध्यक्ष नेपालले पतञ्जली योग पीठलाई जग्गा दिने निर्णय प्रक्रियाहरु, निर्णयहरुमा प्रक्रिया पुगेका कुराहरु, मन्त्रिपरिषद्ले गरेको निर्णयहरु परिपक्व रहेको लगायतका विषयहरु राख्नु भएको थियो । पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध अख्यितारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । अध्यक्ष नेपाल विशेष अदालतबाट ३५ लाख धरौटीमा रिहा हुनु भएको छ । भ्रष्टाचार मुद्दा लागेपछि नेपालको सांसद पद पनि निलम्बनमा रहेको छ ।