१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमिरे ट्राभल्सले भिजिट भिसाको नाममा ठगी गरेको प्रमाण पेस गर्न खतिवडालाई अर्यालको चुनौति



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका नाममा नागरिक ठगेको प्रमाण पेस गर्न चुनौती दिनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले उक्त कम्पनी आफ्नो नाममा रहेको भएपनि भिजिट भिसाको माध्यमबाट मान्छे पठाएको कुरा अस्वीकार गर्नुभयो ।

उहाँले सांसद खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गर्नुभयो ।

शनिवारको सभाको बैठकमा बोल्दै सांसद खतिवडाले उक्त ट्राभल्सले विगत १० वर्षदेखि भिजिट भिसामा जापान पठाउने र उनीहरूबाट अर्बैं रूपैयाँ असुल गरेको दाबी आरोप लगाउँदै छानविन गर्न माग गर्नुभएको थियो ।

अर्यालले भिजिट भिसाको नाममा भएको बदमासीविरुद्धको आन्दोलनबाट पछि नहट्ने पनि जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सभामुख महोदय कसैको सचिवालय चल्ने स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौँ । हाम्रो आन्दोलन जारी छ । निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ ।’

उहाँले मन्त्रीको पिए बसेर भिजिट भिसामार्फत तस्करी गरेर जेल बसेकाहरु समेत यही संसदमा रहेको टिप्पणी समेत गर्नुभयो ।

तस्बिरः गोपाल दाहाल÷रासस