२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्न सांसद शाहीको माग



अ+ अ-

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानविनको लागि संसदीय समिति नै बन्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग गर्नुभएको हो । उहाँले  भिजिट भिसा प्रकरण आजको विषयमात्रै नभएकाले उल्लेख गर्दै जरोदेखि टुप्पोसम्मका सबैको छानविन गर्नुपर्ने बताउनु भयो ।

उहाँले यस मुद्दालाई कुनै दल विशेषको एजेण्डा नबनाएर सबैले साझा एजेण्डाको रुपमा अगाडि लैजानुपर्ने बताउनु भयो । भिजिट भिसा प्रकरणको विषयमा भइरहेको आरोप प्रत्यारोपलाई आम नागरिकले गम्भिर रुपमा हेरिरहेको उल्लेख गर्दै सच्चिन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ । संसदमा त एकअर्काप्रति आरोपप्रत्यारोप गरौँला तर नेपाली जनताले चाँही के भन्छन् ?  आज दुवई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदिबहिनीहरुलाई बन्धक बनाइएको छ । ७५ हजारभन्दा धेरैलाई आज दुवईमा बन्धक बनाइएको छ । आज हामीले उनीहरुको चित्कार सुन्नुपर्छ कि पर्दैन ?  आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानविन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री जो भएपनि कारबारही गर्नुपर्छ कि पर्दैन । त्यसकारण सबै एकठाउँमा उभिएर भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाऔँ ।’

उहाँले सरकारले संसदमा संख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत आरोप लगाउनु भयो ।