१७ असार २०८३, बुधबार
,
Latest
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला फोहरबाट आम्दानी गर्दै मध्यविन्दु ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते



अ+ अ-

काठमाडाैंः नेपाली उद्याेगी व्यवसायीकाे सबैभन्दा ठूलाे छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ । महासंघकाे आइतबार बसेको पदाधिकारीको बैठकले साधारणसभाको मिति प्रस्ताव गरेको थियाे ।

सोमबार बस्ने कार्यसमितिको बैठकले अन्तिम निर्णय गर्ने तथा साधारणसभा काठमाडौंमा हुनेछ ।

साउन २१ गतेसम्म सरकारको लकडाउन रहेकोले २५ र २६ गते साधारणसभाको मिति तय गरिएको हाे ।

कोरोना भाइरस संक्रमणको जोखिम अधिक भएमा वा सरकारले लकडाउन जारी राखेमा पदाधिकारीको बैठकले साधारणासभाको मिति सार्न सक्ने महासंघकाे भनाइ छ ।

गत चैत २९ र ३० गते तय भएको महासंघको चुनावी साधारणसभा कोभिड–१९ का कारण स्थगित भएको थियो ।

निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधानबीच प्रतिस्पर्धा हुँदैछ ।

जिल्ला उपाध्यक्षमा गुणनिधी तिवारी र दिनेश श्रेष्ठ तथा वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पिर्धा हुँदैछ ।

एसोशिएट उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा हुँदैछ ।

निर्वाचनपछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वातः अध्यक्ष बन्नेछन् । काेषाध्यक्षको चयन निर्वाचित कार्यसमितिले चयन गर्नेछ ।