२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस जिल्ला सम्पर्क समिति समन्वय विभागमा दश सदस्य थप



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको जिल्ला सम्पर्क समिति समन्वय विभागमा दश सदस्य थप गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोला प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोनयन गर्नुभएको हो ।

सभापति देउवाले विमला नेपाली (दाङ), दीपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाडौँ), रामेश्वर पौडेल (भक्तपुर), किरण पोखरेल (अर्घाखाँची), बद्री ढकाल (कैलाली), कमल काफ्ले (स्याङ्जा), रामप्रसाद ढकाल (धादिङ), छिरिङ लामा (मुगु) र निशा पाण्डे (काठमाडौँ)लाई मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस