२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । वर्षा हुने क्रम जारी भएकाले अबको दुई साताभित्रै धान रोपाइँको कार्य ८० प्रतिशतसम्म सकिने उहाँले बताउनुभयो ।

धानको उत्पादन प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ । किसानले विशेषगरी सर्जु ५२ जातको धानको खेती बढी गर्दै आएका छन् । त्यसपछि राधा ४, सुख्खा १ र २, बहुगुणी लगात धानको खेती हुने गरेको छ । सिँचाइको सुविधा पुगेका क्षेत्रमा चैते धानखेती हुन थालेकाले धानको उत्पादन प्रतिवर्ष बढ्दो रूपमा रहेको अधिकृत साउदको भनाइ छ ।

वर्षा ढिलो गरी भए पनि सिँचाइको उपलब्धताले किसानले धान रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । महाकाली सिँचाइको सुविधा पुगेका क्षेत्रमा किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँको कार्य गर्दै आएका छन् । नहर नभएका क्षेत्रमा किसानले असारको पहिलो सातादेखि नै स्यालो ट्युवेल, डिप ट्युवेलबाट सिँचाइ गरी खेत हिल्याएर रोपाइँको कार्य गर्दै आएका हुन् ।

भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकालगायतका केही क्षेत्रमा महाकाली सिँचाइको नहरबाट सिँचाइ सुविधा उपलब्ध छ । अन्य क्षेत्रका किसानले निजी र अनुदानमा जडान गरिएका स्यालो ट्युवेल, डिप ट्युवेलबाट धान रोपाइँका लागि सिँचाइ गर्दै आएका छन् । सिँचाइको सुविधा नपुगेका आकासेपानीको भरमा रोपाइँ गर्ने किसानले समेत गएरातिदेखि आज बिहानसम्म परेको वर्षाको पानीबाट धान रोपाइँको कार्यलाई अगाडि बढाएका छन् ।

शुक्लाफाँटा नगरपालिका–३ का किसान विलबहादुर चौधरीले पर्याप्त वर्षा नहँुदा स्यालो ट्युवेलको सहायताले खेतमा सिँचाइ गरी धान रोप्ने कार्य गरेको बताउनुभयो । “समयमै रासायनिक मल पायौँ,” उहाँले भन्नुभयो, “अनुदानमा खेतमा स्याले ट्युवेल गाडेका छौँ, त्यसबाटै सिँचाइ गरी धान राप्ने कार्य गरिएको छ ।”

लागत खर्च बढे पनि रोपाइँ समयमै भएकाले धानको उत्पादन बढ्नेमा आशावादी भएको उहाँको भनाइ छ । धानको बीउबिजन, विषादी, कृषि औजार मेसिनलगायतमा किसानलाई कृषि ज्ञान केन्द, पालिकालगायतले आधुनिक तरिकाले खेती गर्नका लागि किसानलाई अनुदान दिने कार्य गर्दै आएका छन् । किसानले हाल स्थानीय जातभन्दा बढी उत्पादन दिने वर्णशङ्कर ९हाइब्रिड० जातका धान बढी रोप्ने गरेका छन् ।