१७ असार २०८३, बुधबार
,
Latest
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला फोहरबाट आम्दानी गर्दै मध्यविन्दु ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहाँबाट, कस्तो देखियो ग्रहण, हेरौं यी तस्वीर



अ+ अ-

काठमाडौं । खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा सकिने छ । 

३ घण्टा ३३ मिनेट अवधिको देखिने ग्रहण विश्वका विभिन्न मुलुकबाट वलय सूर्यग्रहण देख्न सकिने छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । काठमाडौं उपत्यकाबाट ८८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिने र नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने खगोलविद्हरुले बताएका छन् । खगोलविद्हरुका अनुसार दिउसो १२ बजेर ३८ मिनेटमा काठमाडौंबाट करिब ८८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हने बताइएको छ ।

सूर्यग्रहण खाली आँखाबाट अथवा टेलिस्कोपको प्रयोग गरेर समेत अवलोकन गर्न हुँदैन् । ग्रहण लागेको बेलामा हिमाल आरोहणमा प्रयोग गरिने विशेष खालको चस्माबाट मात्र अवलोकन गर्न सकिने छ ।

धार्मिक मान्यता अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि र मकर राशि भएका मानिसहरुले हेर्न सकने छन भने अन्य राशि भएकाले हेर्दा अशुभ हुने छ ।

तर खगोलविद्हरुले भने सूर्यग्रहण कसैले पनि सिधा हेर्न नहुने र सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् ।


काठमाडाैंबाट देखिएकाे सूर्यग्रहण।

कंचनपुरकाे महाकाली नदी किनाराबाट आइतबार देखिएकाे सूर्यग्रहण (तस्वीरः रासस)