२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् चलचित्र विकास बोर्डले सम्मान गरेको धेरै कमाउने २५ फिल्महरु



अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डले धेरै कमाई गर्ने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ ।

बोर्डले स्थापनाको २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई सम्मान गरेको हो ।

स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरिएको छ ।

जसमा धेरै कमाउनेको पहिलो नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ छ ।

यसका लागि बोर्डले केही दिनअघि ५ करोडभन्दा माथि अधितकम व्यापार गर्ने फिल्मका निर्मातालाई आवेदन आह्वान गरेको थियो ।

यी हुन् सम्मानित हुने फिल्म तथा उनीहरुको कमाई:

१. पूर्ण बहादुरको सारङ्गी (४६ करोड ८७ लाख)
२. कबड्डी ४ (२१ करोड ४० लाख)
३. १२ गाउँ (१९ करोड ९२ लाख)
४. छक्का पञ्जा ४ (१७ करोड ५३ लाख)
५. जारी (१७ करोड ४८ लाख)
६. छक्का पञ्जा (१६ करोड १० लाख)
७. महाजात्रा (१५ करोड ६७ लाख)
८. छक्का पञ्जा ५ (१५ करोड २० लाख)
९. कोहिनुर (१४ करोड ७५ लाख)
१०. छक्का पञ्जा २ (१४ करोड ५१ लाख)
११. शत्रु गते (१२ करोड ६५ लाख)
१२. ऊनको स्वीटर (१० करोड ६२ लाख)
१३. कबड्डी २ (१० करोड ३५ लाख)
१४. बोक्सीको घर (१० करोड १० लाख)
१५. छ माया छपक्कै (९ करोड ९२ लाख)
१६. दिमाग खराब (८ करोड ९८ लाख)
१७. अञ्जिला (८ करोड ८३ लाख)
१८. परदेशी २ (७ करोड ९२ लाख)
१९. छक्का पञ्जा ३ (७ करोड ८३ लाख)
२०. प्रेम गीत ३ (७ करोड ६३ लाख)
२१. कबड्डी कबड्डी कबड्डी (७ करोड ५९ लाख)
२२. पुजार सार्की (७ करोड ३८ लाख)
२३. महापुरूष (७ करोड ३५ लाख)
२४. कबड्डी (७ करोड ३४ लाख)
२५. पशुपति प्रसाद २–भष्मे डन (७ करोड ३२ लाख)