१७ असार २०८३, बुधबार
,
Latest
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला फोहरबाट आम्दानी गर्दै मध्यविन्दु ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका लागि पिसिआर किट हस्तान्तरण



अ+ अ-

काठमाडौँ:
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि शनिबार पिसीआर किट हस्तान्तरण गरेको एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत दुई हजार ५०० थान पिसीआर किट हस्तान्तरण गर्नुभएको हो

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उक्त किट मन्त्री भट्टलाई स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको     
    
सो क्रममा मन्त्री भट्टले सरकारीस्तरबाट भइरहेका काममा एनआरएनए नीजि क्षेत्रलगायतबाट भइरहेको सहयोगले कोभिड–१९ नियन्त्रणमा सजिलो हुने बताउनुभयो

कोभिड–१९ को महामारीपछि भारतमा रहेका झण्डै चार लाख नेपाली सुदूरपश्चिम प्रदेशमा भित्रिएको बताइएको त्यसैगरी मन्त्री भट्टको पहलमा ह्युमिनिटी फाउण्डेसन नेपालले खरिद गरेको पिसीआर मेसिन काठमाडौँदेखि डडेल्धुरा पठाइएको

फाउण्डेसनले सुदूरपश्चिम स्वदेश तथा विदेशमा रहँदै आएका समाजसेवी, व्यापारीलगायतका दाताबाट सङ्कलन गरिएको रकमले खरिद गरिएको मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिने बताइएको सुदूरपश्चिममा हाल एक मात्र पिसीआर मेसिनबाट कोभिड–१९ को परीक्षण भइरहेको