१७ असार २०८३, बुधबार
,
Latest
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला फोहरबाट आम्दानी गर्दै मध्यविन्दु ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सङ्क्रमित महिलाको सफल शल्यक्रिया



अ+ अ-

नेपालगञ्जः कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ ।

भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिए ।

उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको सामान्यावस्था छ । जटिल अवस्थामा रहेकी महिलालाई डा कविता सिन्हा, डा रवीन श्रेष्ठ, डा राजेश केसी, डा अमरेन्द्र कुशवाह र नर्सिङ्ग स्टाफ सङ्गीता गिरी, सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले शल्यक्रिया गरेको थियो ।

अस्पतालले अछामकी २५ वर्षीया कोरोना सङ्क्रमित १८ हप्ताकी गर्भवतीको ठूलो आन्द्राको शल्यक्रिया गरेको थियो । अस्पतालमा तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका सहनिर्देशक डा कनोडियाले बताए ।