२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवन–आभा



अ+ अ-

तिमी आयौ –
पहाड बोल्यो, जंगल सुसायो
बादल गर्जयो, झरी बर्षियो, खोला बग्यो
ताल तरंगित भयो, चराहरु चिर्विर गर्न थाले
जुनकीरीहरु चम्किन थाले,
विरुवामा पालुवा लाग्यो, फूल फुल्यो
चारैतिर सुवास फैलियो…

तिमी आयौ –
खेतका गराहरु, बारीका कान्लाहरु
ढुंगा र चट्टानका काखहरु
जंगलका खोल्साहरुमा डुल्यौँ, घुम्यौँ
प्रकृतिको काखमा
मनका सुन्दर छायाँहरु
जीवनको रंग पोख्दै डुलिरहे….

तिमी आयौ –
म जीवन सोच्दै–खोज्दै हिँडिरहेथेँ
तिमी स्वयम् जीवनको परिभाषा बन्यौ
समयको गर्भमा रहेको सम्बन्ध प्रस्फुटित भयो
युगौँदेखि भौँतारिइरहेको जीवन
तिम्रै आगमनमा पुलकित बन्यो….

तिमी आयौ –
जीवन सरल र सुन्दर बन्यो
जिजीविषाले डोर्याइरह्यो
सँगै जीवनको अर्थ खोज्नुको आनन्द
कोही त छ भन्ने भावले कल्पिएर बस्नुको उमंग
मृत्युलाई पनि पार गरेर जाने आत्मविश्वास
सबै पुनःर्जागृत भए….

तिमी गयौ –
म रहेँ मसँगै
तिमी पनि रह्यौ मसँगै
पुनःर्मिलनको आशामा
ओभाइरहेछन् आँखाहरु
पर क्षितिजमा सुर्य चम्किरहेछ
रातो आभामा जीवन मुस्काइरहेछ
तिम्रो आगमनको आशामा
जीवन प्रवाह बगिरहेछ ….

-प्रदिप ढकाल