१७ असार २०८३, बुधबार
,
Latest
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला फोहरबाट आम्दानी गर्दै मध्यविन्दु ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समितिले अनियमितताको अशंकामा मन्त्रीसहित स्वास्थ्यका अधिकारीसँग बयान लिने



अ+ अ-

काठमाडौं । पछिल्लो समयमा व्यापक मात्रामा उठेको १० अर्बको हिसाबका साथै औषधि तथा मेडिकल सामग्री खरिदका विषयमा बयानका लागि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्यका अधिकारीलाई बयानका लागि बोलाएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न स्वास्थ्य मन्त्रालयका सचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई बयानका लागि बोलाएको हो ।

आउँदो सोमबार मन्त्रालयका सचिव र विभागका महानिर्देशकसँग छलफल गर्ने तय भएको समिति सभापति भरतकुमार शाहले जानकारी दिए ।  स्वास्थ्य सचिव र विभागका महानिर्देशकसँगको छलफलपछि यस विषयमा आवश्यक कारबाही अघि बढाइने बताइएको छ । अध्ययनका लागि उपसमिति पनि गठन हुन सक्ने लेखा समितिको समाचार स्रोतले जनायो ।

यसका विषयमा आवश्यक अधिकांश कागजात संकलन गरिएको लेखा समितिले जनाएको छ । स्वास्थ्य सामग्री खरिदसम्बन्धी अधिकांश कागजात संकलन गरेको जनाएको छ । तयार कागजातलाई एकीकृत गरेर समिति सचिवालयले अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरेको छ ।

सरकारले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी नामक कम्पनीसँग गरेको सम्झौताको निकै विरोध आएको थियो । तर उसले पहिलो लटमा औषधि र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेपछि सरकारले समयमा आपूर्ति गर्न नसकेको भन्दै सम्झौता रद्द गरेको थियो ।

त्यसअघि नै बजार मूल्यभन्दा महँगोमा खरिद गरेको र प्रक्रिया मिचिएको भनेर चौतर्फी आलोचना भएको थियो। स्वास्थ्य सेवा विभागले १२ चैत २०७६ मा कोरोना भाइरस औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको थियो । ओम्नी समूहले १६ गते पहिलो लटमा सामान ल्याएको थियो । तर महँगोमा सामान खरिद भएको भनेर विरोध भइरहेका बेला ओम्नी समूहले थप सामान ल्याउन नसकेपछि स्वास्थ्य सेवा विभागले १९ चैतमा सम्झौता रद्द गर्ने घोषणा गरेको थियो ।

धेरै त्रुटि फेला परेको दाबी सो समितिले पहिले नै गरिसकेको छ । समिति सभापति भरतकुमार शाहले समितिले गरेको अध्ययनमा धेरै त्रुटि फेला परेको बताएका छन् । त्यसमा स्वास्थ्यमन्त्रीको पनि संलग्नताको आशंका गरिएको छ । समितिले विवरण संकलन गरी आफैँ अध्ययन गरेर धेरै कमजोरी औंल्याएको छ । त्यस्ता कमजोरी र त्रुटिबारे समितिमा छलफल गरेर, सरोकारवालालाई बोलाएर स्पष्टीकरण लिएर मात्रै निष्कर्षमा पुगिने उनले बताए ।

समिति स्रोतले बताएअनुसार उक्त अनियमितताका विषयमा शुरुमा स्वास्थ्यका अधिकारीहरुसँग बयान लिएपछि पछि स्वास्थ्यमन्त्रीसँग पनि बयान लिने छ । स्वास्थ्य क्षेत्रको अनियमिततामा मन्त्री भानुभक्त ढकालको पनि संलग्नताको आशंका गरिएको समितिको स्रोतले बताएको छ ।