१७ असार २०८३, बुधबार
,
Latest
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला फोहरबाट आम्दानी गर्दै मध्यविन्दु ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनियन्त्रित रुपमा वन फडानी राेक्न सांसदकाे माग



अ+ अ-

काठमाडाैंः वैज्ञानिक वनका नाममा अनियन्त्रीत रुपमा वन फडानी भइरहेको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।

सार्वजनिक लेखा समितिमा भएको छलफलमा सांसदहरुले वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियन्त्रित तरिकाले फडानी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । सांसद प्रेम आलेले वैज्ञानिक वनका नाममा अनियन्त्रित फडानी र ठूलो घोटाला भएको बताउनुभयो । स्थानीयसँगको सहकार्य बिना नै सामुदायिक वनका अध्यक्ष र वनका कर्मचारीहरुले वैज्ञानिक वनको नाममा अनियन्त्रित रुपमा फडानी गरिरहेको उहाँले बताउनुभयो । संघबाट नै यसलाई नियन्त्रण गरी दोषिलाई कारवाही गर्न उहाँले आग्रह गर्नुभयो ।

सांसद प्रदीप यादवले राज्य, नेता र वनका कर्मचारीहरुको मिलेमतोमा वैज्ञानिक वनको नाममा धमाधम काँचा काठहरु कटान भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

सांसद मोहम्मद इस्तियाक राईले बाँकेमा ६५ हजार क्यूफिट काठ काट्ने भनिएपनि १ लाख ५० हजार क्यूफिट बढी रुखहरु कटान गर्ने अनुमति किन दिइयो भन्दै प्रश्न गर्नुभयो । विदेशबाट काट आयात रोक्ने नाममा देशभित्रका सबै वनहरु फडानी गर्ने कस्तो वैज्ञानिक वन हो ? उहाँले भन्नुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले देशभरी रहेको कुल २२ लाख, ७२ हजार हेक्टर वन मध्ये १ लाख ७५ हजार ३ सय २१ हेक्टर वन क्षेत्र मात्रै वैज्ञानिक वन व्यवस्थापनका रुपमा रहेको बताउनुभयो । २२ हजार ४ सय १५ सामुदायिक वनमध्ये ७ सय ५० वटा वनमा मात्रै वैज्ञानिक वन व्यवस्थापन लागु भएको बताउनुभयो ।

समितिले लक डाउनको मौका छोपी वैज्ञानिक वन वयवस्थापनका नाममा फडानीका घटना बढिरहेको भन्दै छानबिन समिति गठन गरेको छ । सांसद प्रदीप यादवको संयोजकत्वमा तीन सदस्य रहेको समिति गठन भएको हो । समितिमा प्रेम बहादुर आले र मिना सुब्बा सदस्य रहेका छन् । समितिले वैज्ञानिक वन तथा व्यवस्थापनको नाममा भइरहेको फडानीको अध्ययन गर्ने छ ।