२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा क्लब विश्वकपः क्वाटरफाइनल समीकरण पूरा, कसले कोसँग भिड्दै ?



अ+ अ-

काठमाडौँ । फिफा क्लब विश्वकप प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

जर्मन क्लब बोरुसिया डर्टमण्ड र मेक्सिकन क्लब रायाडोस (मोन्टेरी)बीचको खेलसँगै अन्तिम आठका टोलिको टुंगो लागेको हो । उक्त खेलमा डर्टमण्डले रायाडोसलाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो ।

आजै भएको अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब युभेन्ट्सलाई १–० को साँघुरो गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो ।

क्वाटरफाइनलको पहिलो खेल फ्लुमिन्से र अल हिलालबीच हुनेछ । यस्तै, चेल्सीले पाल्मेरियाससँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, बायर्न म्युनिख र पिएसजी भिड्नेछन् भने रियल मड्रिड र डर्टमण्ड आमनेसामने हुनेछन् । क्वाटरफाइनलका खेलहरु नेपाली समयानुसार शुक्रबार रातिदेखि शनिबार रातिसम्म हुनेछन् ।