१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यका वरपरका ट्रेकिङ रुट थप व्यवस्थित गरौँः सांसद जबरा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सांसद उदय समशेर जबराले टे«किङ एड्भेन्चियर टुरिजम नेपालको निम्ति पहिलो प्राथमिकतामा पर्दै आएको बताउनुभएको छ ।

बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले यसलाई अझ व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले एभरेष्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, गोसाईकुण्ड, लाङटाङ भ्यालीलाई अझ बढी व्यवस्थित बनाउन आग्रह गर्नुभयो । भारत र चिनियाँ पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले टे«किङ एड्भेन्चियर टुरिजम नेपालको निम्ति एक नम्बरको प्राथमिकतामा परेको सबैभन्दा बढी टुरिस्टहरु पनि यही कारण आउने गरेका छन् । यो टे«किङ जानको निम्ति चार वटा प्रायोरिटी छ । एभरेष्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, गोसाईकुण्ड, लाङटाङ भ्याली नै हुन् । कतिपय टुरिस्टहरु नेपालमा आएर हाइकिङ जाने चाहना छ । विशेष गरेर भारत र चिनियाँ पर्यटकको । उहाँहरुसँग समय हुँदैन । काठमाडौं आइसकेर एभरेस्ट बेसक्याम्प गएर फर्किनको निम्ति उहाँहरुले तीनदेखि ४ हप्ताको बिदा लिदएर आउनुपर्छ ।’

सांसद जबराले उपत्यका वरपर निर्माण भएका ट्रेकिङ रुटलाई थप व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो ।




भर्खरै