२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सको क्षमता विस्तार गर्न जरुरीः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्न जरुरी रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हवाई टिकटको मूल्य घटाउन नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता विस्तरा गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता नै अत्यन्त न्युनतम रहेका कारण यो समस्या आइरहेको जिकिर गर्नुभयो ।

नेपाल एयरलाइन्सले विदेशी यात्रु बोक्ने क्षमता १० प्रतिशत मात्रै रहेको भन्दै यसलाई विस्तार गर्न नेपाल एयरलाइन्सलाई सशक्त बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हवाई टिकटको मूल्य घटाउन धेरै लाग्यौँ । सक्दै नसकेको कारण के हो भने हाम्रो नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता नै अत्यन्त न्युनतम भयो । बाहिरबाट विदेशी यात्रुहरु जम्मा १० प्रतिशत मात्रै बोक्ने । यो कसरी बढाउन सकिएला भनेर लिजमा लिनेकुरा पनि एउटा उपाय हो । लिजमा लिने होमवर्क पनि भइरहेको । यसकै व्यवस्थापन सुधारको कुरामा पनि लागेका छौँ । अलि ठूलो आकारको एयरलाइन्सहरुसँग सहकार्य गरेर काम गर्नसके र नेपाल एयरलाइन्सले सेवाको क्षमत विस्तार गरेमात्रै टिकटको व्यालेन्स हुन्छ । १० प्रतिशत मात्रै यात्रु बोक्ने हामीले ९० प्रतिशत विदेशीले बोक्ने कुराको व्यालेन्स नै गर्न सक्दा रहेनछौँ ।’

बद्रिप्रसाद पाण्डे, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री पाण्डेले राम्रो ऐन र नियम बनाउन जरुरी रहेको बताउनु भयो ।




भर्खरै