२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर अपराधको मुद्दा सामना गर्न पत्रकार दिलभूषण पाठक अदालतमा



अ+ अ-

काठमाडौं । साइबर अपराधको मुद्दाको सामना गर्न पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

पाठकविरुद्ध प्रहरीले केही असार १६ गते साइबर अपराध गरेको आरोपमा मुद्दा दायर गरेको थियो । अदालतमा उपस्थित भएपछि पाठकसँग बयान हुने छ । त्यसलगत्तै आजै थुनछेक बहस हुने छ ।

पाठकले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले मुद्दा दायर गरेको थियो ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरी प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाेडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।