२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनसँग ट्रम्पले भनेः इरान र युक्रेनमा कुनै प्रगति भएन



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग इरान र युक्रेन द्वन्द्वको बारेमा कुनै प्रगति नभएको बताउनुभएको छ ।

टेलिफोन संवादका क्रममा उहाँले यस्तो बताउनुभएको हो । पुटिनसँग आफूले लामो समयसम्म कुरा गरेको र वार्ताका क्रममा इरानसहित युक्रेनको बारेमा पनि चर्चा गरेको बताउनु भयो ।

रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभकाअनुसार लगभग एक घण्टा चलेको फोन वार्तामा पुटिनले मस्कोले युक्रेनसँगको द्वन्द्वमा आफ्नो लक्ष्यहरू प्राप्त गर्ने बताउनुभएको छ ।

पुटिनका सहयोगीले युक्रेनसँगको तेस्रो चरणको वार्ताको लागि रूस तयार रहेको बताउनु भयो । पुटिन र ट्रम्पले रूस र संयुक्त राज्य अमेरिका बीच ऊर्जा र अन्तरिक्षसहित आर्थिक परियोजनाहरूको श्रृंखला कार्यान्वयन गर्न आफ्नो पारस्परिक चासो देखाएका छन् ।