१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल छैनः किसानको फोन लगातार



अ+ अ-

सर्लाही । जिल्लामा धान रोप्ने समयमा मल अभाव भएको छ ।  रोपाइँका लागि खेतमा ब्याड तयार भए पनि सहज रुपमा मल उपलब्ध हुन सकेको छैन । 

केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएको किसानले गुनासो गरेका छन् । कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्रीवितरणमा समस्या भएको कृषि सामग्री संस्थान लिमिटेडले जनाएको छ ।  ब्याडका लागि बीउ छर्नुभन्दा अगाडि डिएपी मल खेतमा हाल्ने गरेका किसान धान रोप्ने समयसम्म पनि मल नपाउँदा थप चिन्तित बनेका छन् ।

 ‘बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन सकेन’, हरिवन–२ अत्रौलीका रामपुकार महतो  गुनासो गर्नुहुन्छ । भारतबाट ल्याउन जाँदा लकडाउनका कारण प्रहरीले जान दिँदैन । अरु वर्ष नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्ने गरेको तर यस वर्ष कुनै उपाय नभएको किसानको भनाइ छ । 

जिल्लामा अहिले मलको अभाव रहेको कृषि सामग्री संस्थानका प्रमुख बज्रमणि लामाले बताउनुभयो । धान खेतीका लागि मात्रै जिल्लामा एक हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार मेट्रिक टन युरिया मलको आवश्यकता पर्ने गरेको भए पनि लकडाउनका कारण मल ल्याउन नपाउँदा किसान मारमा परेको लामाको भनाइ छ ।  
अहिले संस्थानमा करीब १५० मेट्रिक टन डिएपी र दुई ट्रक युरिया बाँकी रहेको उहाँ बताउनुहुन्छ  । अहिलेलाई डिएपीको माग बढ्दो र गोदाममा भएको मलले एक दुई गाउँलाई पनि नपुग्ने भएकाले माग गरिएको लामाले बताउनुभयो । रोपाइँ भइसकेपछि साउनतिर युरिया चाहिन्छ ।

केही दिन अगाडि आएको मल मकै खेतीका लागि किसानले लिएर गएको र अहिले धान खेतीको समय भए पनि गोदाममा मल नभएको तर किसानले मलका लागि फोन गरेको ग¥यै छन् । यही असार १ गतेदेखि मल सहकारीमार्फत बिक्रीवितरण गर्ने तयारी भए पनि  संस्थानमा मल नै नभएर बिक्रीवितरण गर्न नसकिएको प्रमुख लामाले बताउनुभयो ।