१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टिन बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न माग



अ+ अ-

काठमाडौँ । नेपाल महिला सङ्घले कैलालीको लम्कीस्थित क्वारेन्टिनमा राति सुतिरहेकी एक महिलामाथि भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । सङ्घका अध्यक्ष उमा रेग्मीले मङ्गलबार एक विज्ञप्तिमार्फत पीडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न तथा घटनाका दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गर्नुभएको हो । गत जेठ ३२ गते कैलालीको लम्कीस्थित क्वारेन्टिनमा राति सुतिरहेकी एक महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वंसेवकलगायत चार जनाबाट पासविक तवरले सामूहिक बलात्कार भएको घटनाले स्तब्ध भएको सङ्घले जनाएको छ । साथै सङ्घले अव्यस्थित भएका क्वारेन्टिन महिलाका लागि हिंस्रक खाडल भएको जनाएको छ ।
 
अध्यक्ष रेग्मीले लकडाउनकै समयमा क्वारेन्टिनभित्र एक हजार ६८४ महिलामाथि हिंसा भएको र कतिपय हिंसाका घटना सार्वजनिक हुन नसकेको समेत उल्लेख गर्नुभएको छ । उनले महिलामाथिका यस्ता घटना बढ्दै गइरहेको भन्दै कोरोना महामारीको यस्तो अवस्थामा नागरिकको सुरक्षा गर्न, रोग र भोकबाट बचाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।