२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशको ३३ अर्बको बजेट बहुमतले पारित



अ+ अ-

सुर्खेत। लामो समयदेखि चलेको रस्साकस्सी र विरोधपछि कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट पारित भएको छ।

शुक्रबार बसेको प्रदेश सभा बैठकले करिब ३३ अर्ब रुपैयाँ बराबरको (३२ अर्ब ९९ करोड) बजेट बहुमतले पारित गरेको हो। अर्थमन्त्री राजविक्रम शाहले असार १ गते मध्यराति बजेट सार्वजनिक गरेपछि कर्णालीको राजनीतिक माहोल तनावपूर्ण बनेको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले बजेट निर्माण प्रक्रियामा गम्भीर त्रुटि रहेको भन्दै योजना छनोटमा सत्तापक्षमै रहेका व्यक्तिहरूले स्वार्थपूर्तिको लागि बेइमानी गरेको आरोप लगाएको थियो।

योजनाको छनोटदेखि बजेट प्रस्तुतिसम्मका प्रक्रियामा प्रश्न उठाउँदै माओवादी केन्द्रले बजेटलाई विवादास्पद बनाएको थियो। बारम्बार प्रक्रियागत त्रुटि औंल्याउँदै माओवादीले सभाका बैठकहरु समेत अवरुद्ध गर्‍यो।

यस्तो परिस्थितिमा मुख्यमन्त्री यमलाल कँडेलले समाधानको पहल स्वरूप प्रमुख प्रतिपक्षीसँग वार्ताको प्रयास थाले। पटक–पटकको छलफलपछि अन्ततः सत्तारूढ पक्ष र विपक्षी दलबीच सहमति कायम भयो। यही सहमतिका आधारमा शुक्रबारको बैठकमा बजेटमाथिको छलफल टुंगोमा पुगेको र बहुमतले पास गरिएको हो।