१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खर्च कटौतीको प्रस्ताव : स्वास्थ्य, शिक्षा र अर्थतन्त्रको विकासमा ध्यान दिनुपर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले –कोभिड–१९ का कारण अस्तव्यस्त भएको मुलुकको शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलाई माथि उठाउने गरी नीति तथा योजना आवश्यक रहेको बताउनुभएको छ । सरकारले ल्याएको बजेटले प्रभावित क्षेत्रलाई सम्बोधन गर्न नसकेको उहाँहरुको भनाइ थियो । सांसदहरुले मन्त्रालयका विषयगत शीर्षकमा विनियोजन भएको रकम अनावश्यक क्षेत्रमा परिचालन गर्न खोजिएकोतर्फ ध्यानाकर्षण गराउँदै खर्च कटौतीको प्रस्तावसमेत प्रस्तुत गर्नुभएको छ ।

छलफलमा भाग लिँदै काँग्रेसका जीतेन्द्रनारायण देवले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक सङ्कटको वर्तमान समयमा पनि कर्मचारी बैठक भत्ता शीर्षकमा रु २१ लाख विनियोजन गरेकामा आलोचना गर्नुभयो । पुरस्कार कोष, विकास समिति र नेताको नाममा खडा भएको प्रतिष्ठान पार्टी राजनीतिक कार्यकर्ताको भर्ती केन्द्र भएकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो । उहाँले परराष्ट्र मन्त्रालयलाई हाम्रो र राम्रो मन्त्रालय बनाउन पनि सुझाव दिनुभयो । बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमाथि उहाँले खर्च कटौतीको प्रस्ताव राख्नुभयो ।

विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सोही दलका अनिता देवकोटाले ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपक्षी मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभयो । कृषि उत्पादनमा किसानले क्षति बेहोरिरहेकाले बजारिकरणमा संवेदनशील हुन उहाँले आग्रह गर्नुभयो । काँग्रेसकै रमेशजङग रायमाझीले सेना राजनीतिक गतिविधिबाट बाहिर राख्नुपर्नेमा स्वास्थ्य सामग्री खरिद गर्न लगाएर विवादित बनाएको आरोप लगाउनुभयो । उहाँले कोभिड १९ को खर्चको हिसाबकिताव स्पष्ट पार्न माग गर्नुभयो । कोरोनाको उपचार प्रभावकारी नभएको भन्दै उहाँले सरकारको ध्यानाकषर्ण गराउनुभयो । देवकोटाले सङ्घीय मामिला तथा सामान्य प्रशासन, गृह, रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च कटौतीको प्रस्ताव पनि प्रस्तुत गर्नुभयो ।

काँग्रेसकै सांसद प्रकाश पन्थले कोरोनाले विद्यालय शिक्षा अन्यौलग्रस्त भएको तथा प्राविधिक शिक्षासमेत प्रभावित भएको उल्ल्लेख गर्नुभयो । उहाँले सबै ठाउँमा इन्टरनेटको पहुँच नभएको अवस्थामा सूचना प्रविधिको विकास गरी शिक्षा सिकाइलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि उहाँले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभयो । उक्त पार्टीका तारादेवी भट्टले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै कोभिड–१९ को जोखिम रोक्ने सवालमा गम्भीर कदम चाल्न सरकारलाई अनुरोध गर्नुभयो ।