२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दिनभित्र शिक्षा विधेयकमा सहमति जुटाइसक्न संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिले ५ दिनको अल्टिमेटम दिएको छ ।

आईतवार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई निर्देशन दिनुभएको हो ।

उहाँले सरकारले समितिलाई खेलौनाजस्तो बनाएको आरोप लगाउनु भयो । बैठकमा यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन थप समय माग गर्नुभएको थियो । सभापति थापाले सरकारले संसदीय समिति र सांसदहरुको विचारलाई नसुन्ने प्रवृत्ति देखाएको अगामी दिनहरुमा हेक्का राख्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुले यो समिति कस्तो गर्नुभएको छ भने खेलौनाजस्तो बनाउनु भएको छ । कहिले बैठक बोलाउ, कहिले बैठक स्थगित गर । यो कति पटकसम्म ? अब अन्तिम समय हो । तपाई अनिश्चित नभन्नुस् फेरी । सरकारले कति दिनभित्र सहमति गरेर आउने हो समितिलाई समय उपलब्ध गराओस् । थप विषय लिएर आउने होइन फेरी यही विषयमा सहमति गरेर कति दिनमा आउने हो ? मन्त्रीज्यूले भनिदिनुप¥यो ।’

शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै शिक्षामन्त्री पन्तले गत आसर १६ गतेदेखि समय माग्दै आउनुभएको छ ।