१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पछिल्लो २४ घण्टामा ३८० जनाको मृत्यु, संक्रमितको संख्या तीन लाख ४३ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा मात्र १० हजार ६६७ नयाँ संक्रमित फेला परेसंगै संक्रमित हुनेको संख्या पनि तीन लाख ४३ हजार ९१ पुगेको छ ।  

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १० हजार ७४४ संक्रमित फेला परेका छन् भने चार हजार १२८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४६ हजार ५०४ संक्रमित फेला परेका छन् भने ४७९ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा ४२ हजार ८२९ संक्रमित भेटिँदा एक हजार चार सयको मृत्यु भइसकेको छ । गुजरातमा २४ हजार ५५ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५०५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ६१५ संक्रमित फेला परेका छन् भने ३९९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ४९४ संक्रमित भेटिएका छन् भने ४८५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ६५० संक्रमित फेला परेका छन् भने ४० जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८० हजार १३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।