२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेन भ्रमणमा नेपालको हित, पहिचान र आवाज उठायौँः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका क्रममा नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज उठाएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेको दाबी गर्नुभयो । उहाँले नेपालले स्पेन भ्रमणका क्रममा एक ढंगले नेतृत्वदायी भुमिका खेलेको बतउानु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज, त्यो मात्रै होइन, हामी जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेका छौँ । एक ढंगले नेतृत्वदायी भुमिकासमेत खेलेका छौँ ।’

प्रधानमन्त्री ओलीले रियल मड्रिड रंगशालाको आफूले अवलोकन गरेर र त्यस क्रममा दुई देशको खेल सम्बन्ध अभिवृद्धि गर्नेकुरा र नेपालको खेल र रंगशाला कसरी अघि बढाउने भन्ने सन्दर्भमा थप जानकारी पाएको बताउनु भयो ।