२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर अर्यालको कबिता : हे प्रिय भारत भाई रीस नगर नेपाललाई



अ+ अ-

हे प्रिय भारत भाई
रीस नगर नेपाललाई
हामी दुई मित्र छिमेकी
दुवैको एकै संस्कृति  ।।

हामीलाई गर्वलाग्छ 
वैदिक संस्कृतिप्रति
तिमीलाई नि गर्व होला
वैदिक सभ्यता संस्कृति ।।

संसारमा  वैदिक ध्वज
फहराउने  मुलुकमा
नेपाल र भारत छन्
सारा संसार भरमा ।।

नेपाल सबल भए
भारतलाई सहयोग हुन्छ
भारत बलीयो हुँदा नि
सहयोग हुनुपर्दछ ।।

नेपाली हामी तीर्थयात्रा
गर्छौँ काशी र चारधाम
भारतीय तीर्थयात्री
पशुपति र मुक्तिधाम ।।

जनकराजा नेपालैका
वेदान्त ज्ञान बाँड्दछन्
राम जानकीकोआशीष
दुवै मुलुक पाउँछन् ।।

बुद्धजन्मी नेपालमा
शिक्षा र ज्ञान पाउँछन्
साधना गरी भारतमा
शान्ति आलोक छर्दछन् ।।

नेपालका हिमालबाट
जलप्रवाहिणी नदी
निसृत भै भारत बग्छन्
प्यास तिम्रो बुझाउनलाई ।।

त्यसैले गर ठुलो मन
छाड्देउ षड्यन्त्र गर्नलाई
अरु जस्तो नेपाल हैन
गरे पाप लाग्ला तिमीलाई ।।

विगतमा वैदिकहिन्दु
धर्मी नेपाल राज्यको
विरुद्धमा गर्यौ जस्तो
षड्यन्त्र तिमीलेअहो ।।

त्यसैले अब सुध्रिउ
नेपाली भूमि छाड्देउ
लिम्पियाधुरा कालापानी
सुस्ता मिचेको छाड्देउ ।।

साम्राज्यवादी ती सोच
सुहाउन्न अहिले है
वैदिक संस्कृतिका वाहक  
झगड्नु हुन्न हामी है ।।