१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गफ हानेको होइन् , ढुक्क रहौं मुलुक बन्छ, सुशासन स्वच्छता कायम हुन्छ – प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाई प्रक्रियाको सुरुवात गरिएको बताउनुभएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज (सोमबार)बाट सुरु गरेको वैकल्पिक सिकाई प्रविधिको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाईमा क्षति हुन नदिने बताउनुभएको छ । उहाँले आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छ् । लामो समय विद्यालय खोल्न सम्भव नभएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाईलाई निरन्तरता दिन वैकल्पिक सिकाईलाई अगाडि सारेको हो । मन्त्रालयले घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोगगरी आजदेखि पठन–पाठन सुरु गरेको हो । प्रधानमन्त्री ओलीले महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा नयाँ परिमार्जन हुने सम्भावना बढेको बताउनुभएको छ । उहाँले एसईईको विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरेको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले मुलुकमा अव कुनैपनि आन्दोलनको जरुरी नभएको बताउनुभएको छ । उहाँले जति लडने हो यहि पुस्ता लडेको र अव मुलक बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले भन्न्ुभयो ‘देश भित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक विग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहोरिने पो हो कि ? आज मैले सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन् । तर एकमुस्ट भन्न चाहन्छु । जति लडने हो यो पुस्ता लडछ मुलुक बन्छ । अवका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाइका अभिभावकहरुको भनाई झुटा सावित हुँदैन । हाम्रो मुलुकमा अव फेरी अर्को आन्दोलन आवस्यक छैन् ।’

प्रधानमन्त्री ओलीले अप्ठेरोमा दुविधा हुने र त्यसलाई दुर गर्न नेतृत्व चाहिने भन्दै देश बन्ने कुरामा आरोप लगाएजस्तो गफ नदिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अप्ठेरोमा दुविधा हुन्छ । त्यहि दुर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाएजस्तो गफ हानेको होइन् । ढुक्क रहौं मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ ।’