२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा बाढी, नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो (फोटो फिचरसहित)



फोटो : सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । चिनियाँ भूभागमा आएको भीषण वर्षासँगैको बाढीले रसुवामा पर्ने नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । बाढी बिहान ३ बजे आएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको बताउनुभएको छ ।

यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका केही सवारी साधन बगाएको छ ।

ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने आशंका गरिएको छ । तर यसको अहिलेसम्म पुष्टि भएको छैन ।

बाढीका कारण त्रिशुली नदीको जल सतह ह्वात्तै बढेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले भने नदीमा ठूलो बाढी आएका सचेत रहन अनुरोध गरेको छ ।

तस्बिर : रेडियो रसुवा