२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित



अ+ अ-

स्याङ्जा। कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई आज सम्मान गरेको छ । गण्डकी प्रदेश सरकारको ‘उत्कृष्ट कृषि पुरस्कार’ कार्यविधिका आधारमा स्याङ्जामा चार जना कृषकलाई सम्मान गरिएको हो ।

जिल्लाभित्रका विभिन्न भागमा रही वर्षौंदेखि कृषिलाई नै व्यावसायिकरूपमा अगाडि बढाउँदै आउनुभएका नमूना कृषकहरू छनोट गरी पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका सूचना अधिकारी विकास विकले बताउनुभयो ।

सम्मानित हुनेहरूमा फलफूलखेती (सुन्तला)तर्फ अर्याल अर्गानिक एग्रोफर्मका पुतलीबजार नगरपालिका–१० का सञ्चालक रामबन्धु अर्याल, मौरीपालनतर्फ आँधीखोला मौरीपालन उद्योग तथा तालिम केन्द्र वालिङ–११ का श्यामप्रसाद अर्याल, मिश्रित खेतीतर्फ पित्लेक कालिका कृषि फर्मका वालिङ–५ का सञ्चालक हुमनाथ लामिछाने र खाद्यान्न तथा बीउ उत्पादनतर्फ चन्द्रकान्त डुम्रे कृषि फर्म गल्याङ–११ का सञ्चालक चन्द्रकान्त डुम्रे रहनुभएको छ ।

कृषकलाई स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जनही रु १० हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो । कृषि ज्ञान केन्द्र स्याङ्जाले गएको साउनमा कृषक सम्मानका लागि आवेदन दिनेसम्बन्धीको सूचना प्रकाशन गरेको थियो । सोही सूचनाका आधारमा जिल्लाभरीबाट १३ वटा कृषकले आवेदन दिनुभएको उहाँले बताउनुभयो ।

“कार्यालयले कृषक सम्मानका लागि सूचना प्रकाशन ग¥यौँ, सोही सूचनाका आधारमा १३ वटा कृषक, समूह, फर्महरूबाट आवेदन प्राप्त भयो”, उहाँले भन्नुभयो, “प्राप्त भएका आवेदनको आधारमा मूल्याङ्कन गर्दा चार जना छनोट हुनुभएको हो ।” कृषकलाई छनोट गर्दा विधागत रूपबाट प्रतिनिधित्व हुने गरी छनोट गरिएको हो ।

यसै वर्षबाट उत्कृष्ट कृषक सम्मान कार्यक्रम कार्यान्वयन भएको हो । यसवर्ष सम्मानित हुनुभएका कृषकहरू आगामी वर्षमा पुरस्कृत हुन नपाउने कार्यविधिमा उल्लेख रहेको उहाँले बताउनुभयो ।

प्रजिअ अर्यालका अनुसार विधागतरूपमा सम्मानित कृषकहरूले जिल्लाकै नमूना कृषकको रूपमा पहिचान बनाउनुभएको छ । उहाँहरूको आम्दानीको मुख्य स्रोत व्यावसायिक कृषि नै हो ।

लामो समयदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहनुभएका वालिङ–५ का ब्यावसायिक अगुवा कृषक हुमनाथ लामिछानेले सम्मानित हुन पाउँदा खुसी लागेको बताउनुभयो । कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको सम्मानले भोलिका दिनमा कृषि कर्मप्रति लाग्न थप ऊर्जा मिलेको उहाँको धारणा थियो ।