२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार प्रतिवादी खजुरी रेल्वे स्टेशनबाट पक्राउ



अ+ अ-
जनकपुरधाम । चक्कु प्रहार गरी हत्या गर्ने फरार प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष ६५ का वासुदेवप्रसाद साहलाई उनकै नाताका ज्वाईं पर्ने वर्ष ५५ को बेचन महासेठले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रतिवादी बेचन महासेठ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ मा बस्ने गरेका थिए । पारिवारिक झैझगडाका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । महासेठ आफ्नै ससुरा वासुदेवमाथि चक्कु प्रहार गरी फरार भएका थिए । महासेठलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुभयो । प्रहरीकाअनुसार महासेठले गत असार १८ गते पारिवारिक विवादका कारण रिसइबीमा आफ्नै ससुराको पेटमा चक्कु प्रहार गरी हत्या गरेका थिए ।

प्रहरी अनुसन्धानका क्रममा घटनास्थलमा प्रयोग गरिएको स्टिलको चक्कु र अभियुक्तले प्रयोग गरेको मधेस प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो रंगको होन्डा स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।