२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन



अ+ अ-

काठमाडौँ। आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन भएका छन् ।

नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, निजामति कर्मचारी अस्पताललगायत देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन् ।

वीर अस्पतालका निर्देशक प्राडा दीलिप शर्माले आजदेखि बहिरङ्ग विभागको साथै सबै सेवा सुचारु गरिएको बताउनुभयो । “सरकार र चिकित्सकबीच सहमति भएपछि आजदेखि हामीले नियमित सबै सेवा सुरु गरेका छौँ,” उहाँले भन्नुभयो ।

चिकित्सकका कारण सोमबार र मङ्गलबार आकस्मिक सेवा बाहेकका सबै सेवा अस्पतालमा बन्द गरिएको थियो । सेवा ठप्प भएपछि बिरामीले उपचार गर्न पाएका थिएनन् ।

उपभोक्ता अदालतले उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै क्षतिपूर्ति भराउने निर्णय गरेपछि चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।