२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशका लेखा अधिकृत झलक शर्माविरुद्ध ३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौं। गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्माविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले आफ्नो वैधानिक आम्दानीभन्दा धेरै खर्च गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेको हो।

आयोगको अनुसन्धान अनुसार, शर्मा र उनका परिवारले ९ करोड ६६ लाख ८० हजार रुपैयाँभन्दा बढी रकम खर्च तथा लगानी गरेका थिए। तीमध्ये ३ करोड ३९ लाख ८७ हजार रुपैयाँ बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरिएको निष्कर्ष निकालिएको छ।

शर्माले आफ्नो नाममा मात्र नभई पत्नी हुमाकुमारी उपाध्यायको नाममा पनि अवैध सम्पत्ति राखेको पाइएको छ। २०५४ सालदेखि २०८० सालसम्मको सेवा अवधिमा उनले पारिश्रमिक, भत्ता, जग्गा बिक्री, कृषि आम्दानी, शेयर कारोबार र ऋण फिर्ता लगायत विभिन्न स्रोत देखाए पनि त्यो आम्दानी यथेष्ट प्रमाणित हुन नसकेको आयोगको भनाइ छ।

शर्माले घरजग्गा, गाडी, सुनका गहना, शैक्षिक खर्च तथा अन्य ठूला आर्थिक लेनदेनमा अत्यधिक रकम खर्च गरेको भेटिएको छ। यिनै आधारमा आयोगले शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै गैरकानुनी सम्पत्तिको विवरण स्पष्ट पार्न माग गरेको हो।




भर्खरै