१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रचण्डले भने– हाम्रो भूभाग समेटेर नक्सा निकालौ भन्ने कुरा मैले नै भनेको हो



अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको नयाँ नक्सा निकालौँ भन्ने कुरा आफूले नै पार्टीमा र प्रधानमन्त्री केपी ओलीलाई भनेको बताएका छन् । 

आज संसदमा संविधान संशोधनसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै भने– भारतले कश्मिरको जमिन समेटेर नक्सा निकालेपछि अब हाम्रो भूभाग समेटेर नक्सा प्रकाशन गरौँ भन्ने कुरा मैले हाम्रो पार्टीको सचिवालय बैठकमा भनेको थिएँ । 

पछि प्रधानमन्त्रीले पनि आफ्नो कुरालाई मानेको उनले बताए । उनले आफूले नै यो विषय कुनै एक पार्टी, नेता या सरकारको मात्र विषय नभएर सबैको विषय भएकोले यसलाई सर्वदलीय बैठकमा लैजाऔँ भनेको पनि स्मरण गरे । 

तर यो विषय अन्ततः वार्ताको माध्यमबाटै समाधान हुने पनि उनले बताए । उनले भने हामी शान्तिपूर्ण, कूटनैतिक र राजनीतिक सम्वादका माध्यमबाट समाधान चाहन्छौँ तर यसप्रति भारतले पनि सोच्नुपर्छ । 

नेपालीहरु राष्टिय महत्वको मुद्दामा एक ठाउँमा हुन्छन् भन्ने सन्देश हामीहरुले यतिबेला दिएका छौँ भन्दै यस्तो अवस्था भोलिका दिनमा पनि आउने छ भने । 
यो नक्सा जारी गरेपछि अब वार्ताको प्रक्रिया सुरु हुने उनले बताए । उनले यो नेपाली संस्कार हो कि हामी वार्ताबाट नै समाधान खोज्ने छौँ । हामी राष्टिय एकताको साथ यो मुद्धालाई किनारा लगाउने छौँ ।