१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । 

वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा शुक्रवार राति भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्युपश्चात कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो।

स्वाब परीक्षण गर्दा बालकमा संक्रमण पोजेटिभ देखिएको नारायणी अस्थायी अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

मृत्युपछि कोरोना देखिएपछि बालकको शवलाई प्रहरीले दाहसंस्कार गर्ने तयारी गरेको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। हिजै वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका २५ वर्षीय युवकमा पनि कोरोना पोजेटिभ देखिएको थियो। पछिल्लो दुई मृत्यु संख्याबारे स्वास्थ्य मन्त्रालयलको औपचारिक जानकारी गराउन बाँकी छ।