१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद गिरीको घरमा ढुंगामुढा गर्ने थापा पक्राउ



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ एवम्‌ सांसद सरिता गिरीको घरको मूलढोकामा ढुंगामुढा गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । घरको मूलढोकामा ढुंगामुढा गरेको आरोपमा बाजुरा जिल्ला स्थायी घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापा पक्राउ परेका छन् ।

मंगलबार सांसद गिरीको काठमाडौंको विशालनगरस्थित घरको मूलढोकामा ढुंगामुढा गरी क्षति पुर्याएको आरोपमा प्रहरीले थापालाई शुक्रबार बिहान पक्राउ गरेको छ । 

प्रहरीले थापालाई उक्त घटनाको भिडियो बनाई युट्युबमा अपलोड गरेको र सो विषयमा सोधपुच्छ गर्ने क्रममा प्रहरीमाथि नै जाइ लागेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।