२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु



Australian Prime Minister Anthony Albanese gestures during a media event in Sydney, Friday, July 11, 2025. (Steven Markham/AAP Image via AP)
अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले यस सप्ताहन्तमा चीनको भ्रमण सुरु गर्नुभएको छ ।

अल्बानिजले आइतबार साङ्घाई पार्टीका सचिव चेन जिनिङसँग भेट गर्नुभयो । यो उच्च–स्तरीय आदानप्रदानको शङ्खलामा पहिलो भेटवार्ता हो । भ्रमणका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली किआङ र नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्नुहुनेछ ।

अल्बानिजले चीनमा ‘एक धेरै ठूलो व्यापारिक प्रतिनिधिमण्डल’ को नेतृत्व गरिरहनुभएको छ । यसले अस्ट्रेलिया र चीनबीचको आर्थिक सम्बन्धको महत्त्वलाई देखाएको उहाँले शनिबार साङ्घाई आइपुगेपछि चिनियाँ राज्य प्रसारणकर्ता सिजिटिएनलाई बताउनुभयो ।

एक हप्ता लामो भ्रमणका क्रममा अल्बानिजले साङ्घाई र चेङ्दुमा व्यापार, पर्यटन र खेलकुद प्रतिनिधिहरूसँग भेट गर्नुहुने तालिका छ । यसमा मङ्गलबार बेइजिङमा सिइओ गोलमेच सम्मेलन हुने उहाँको कार्यालयले जनाएको छ ।

सन् २०२२ मा उहाँको मध्य–वामपन्थी लेबर पार्टीको सरकार पहिलो पटक निर्वाचित भएपछि अल्बानिजको यो दोस्रो चीन भ्रमण हो । पार्टी मे महिनामा बढ्दो बहुमतका साथ पुनः निर्वाचित भएको थियो ।

बेइजिङलाई अघिल्लो रूढिवादी सरकारअन्तर्गत लागु गरिएका आधिकारिक र अनौपचारिक व्यापार अवरोधहरूको शृङ्खला हटाउन राजी गर्न अल्बानिज सफल हुनुभएको छ । यसले अस्ट्रेलियाका निर्यातकहरूलाई एक वर्षमा २० अर्ब अस्ट्रेलियन डलर ९१३ अर्ब डलर० भन्दा बढी घाटा पु¥याएको थियो ।

कोभिड–१९ को उत्पत्ति र प्रतिक्रियाको स्वतन्त्र अनुसन्धानका लागि अस्ट्रेलियाले गरेको आह्वानसहितका मुद्दाहरूमा बेइजिङले अघिल्लो प्रशासनसँगको सञ्चार विच्छेद गरेको थियो । तर अल्बानिज स्वतन्त्र व्यापार साझेदार चीनमाथि अस्ट्रेलियाको आर्थिक निर्भरता कम गर्न चाहनुहुन्छ ।

“मेरो सरकारले व्यापारलाई विविधीकरण गर्न… र भारत, इन्डोनेसिया र आसियान देशहरू लगायत यस क्षेत्रका अन्य देशहरूसँग हाम्रो सम्बन्ध बढाउन धेरै मेहनत गरेको छ”, अल्बानिजले आफ्नो भ्रमणअघि दक्षिणपूर्व एसियाली राष्ट्रहरूको १० सदस्यीय सङ्घ ९आसियान० लाई उल्लेख गर्दै भन्नुभयो, “तर चीनसँगको सम्बन्ध महत्त्वपूर्ण छ, दक्षिण कोरिया र जापानको उत्तर एसियाली अर्थतन्त्रसँगको निर्यातको सन्दर्भमा पनि हाम्रो सम्बन्ध महत्त्वपूर्ण छ ।”

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले आइतबार एउटा सम्पादकीयमा अस्ट्रेलियासँगको चीनको सम्बन्ध ‘निरन्तर सुधार’ भइरहेको र ‘नयाँ गति’ बाट गुज्रिरहेको बताएको छ ।

“चीन र अस्ट्रेलियाबीच कुनै पनि आधारभूत चासोको द्वन्द्व छैन”, सम्पादकीयमा भनिएको छ, “आपसी सम्मानको माध्यमबाट मतभेदहरू व्यवस्थापन गरेर र साझा हितहरूमा ध्यान केन्द्रित गरेर, दुवै पक्षले साझा समृद्धि र लाभ प्राप्त गर्न सक्छन् ।”