२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्पाइन अस्पतालको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद



अ+ अ-

काठमाडौं । बाराको सिमरा बजारमा रहेको अल्पाइन मेडिकल कलेज तथा टिचिङ अस्पतालको एम्बुलेन्सबाट ५६ किलो लागुऔषध गाँजा बरामद भएको छ। प्रहरीले ना ४ च ८५९९ नम्बरको एम्बुलेन्समा रहेको गाँजा वीरगञ्‍ज महानगरपालिका–२७ रामपुर टोलबाट बरामद गरेको जनाएको छ । प्रहरीले एम्बुलेन्सबाट गाँजासहित तीनजनालाई पक्राउ समेत गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीलाई रामपुर टोलमा गाँजा ओसारपसार हुँदैछ भन्ने सूचना आएको आधारमा प्रहरी टोली खटिएको र सोही क्रममा अल्पाइन अस्पतालको एम्बुलेन्सबाट गाँजा बरामद गरिए हो । पक्राउ परेका व्यक्तिसहित एम्बुलेन्स र गाँजा बुधबार नै पर्सा प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको थियो। गाँजासहित पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीनगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाइबा, सोही ठाउँ बस्ने शोभा सिंह वाइबाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाइबा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामईश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो रहेका छन्। सौर्य दैनिक