२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको प्रश्न -‘सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट हुने गरी एक वर्षमा कसको विश्वास जित्नुभयो ?’



अ+ अ-

काठमाडौं: संसदमा आज विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार कामले कांग्रेस एमाले कै नेता कार्यकर्ता खुसी बन्न नसकेको भन्दै आलोचना गर्नुभएको छ।

उहाँले अप्राकृतिक गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै सरकारसँग जनताको भरोसा र नैतिक धरातल अझै बाँकी छ कि छैन भन्ने गम्भीर प्रश्न गर्नुभयो।

प्रचण्डले भन्नुभयो, ‘राज्यको स्रोत र साधन सीमित दलाल पुँजिपति र विचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ ?’ उहाँले पचासौं हजार शिक्षक सडकमा उत्रिएको, राष्ट्रसेवकहरु कार्यालय बन्दको चेतावनी दिइरहेको, चिकित्सक आन्दोलनमा उत्रिनु परेको, सहकारी र मीटरब्याज पीडितको समस्या झन जटिल बन्दै गएको उल्लेख गर्नुभयो।

उहाँले सरकारका गतिविधिबाट आम जनता मात्र होइन, सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो, ‘यो एक वर्षमा तपाईंले कसको विश्वास जित्नुभयोरु कुन वर्ग लाभान्वित भयो ?’

उहाँले भन्नुभयो – ‘सरकारका गतिविधिले जनविश्वासको गम्भीर प्रश्न खडा गरेको छ।’