२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते



अ+ अ-

एजेन्सी । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको प्रहरीले सोमबार जनाएको छ ।

आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब ३८७ किलोमिटर दक्षिणपश्चिममा रहेको अन्नामया जिल्लाको पुल्लमपेटा क्षेत्रमा आइतबार राति दुर्घटना भएको हो ।

“करिब ४० टन आँप तथा २० जना कामदारहरू लोडको माथि बसेको लरीले नियन्त्रण गुमाइ दुर्घटना भएको एक प्रहरी अधिकारीले बताएका छन् ।

प्रहरीले लरी पल्टिएपछि आँपका टोकरीहरू मजदुरहरू माथि परेका कारण केहीको निधन भएको र केही कामदार घाइते भएको जनाएको छ ।

दुर्घटनापछि स्थानीय र आपतकालीन कर्मचारीले घाइतेहरूलाई उद्धारका गरी अस्पताल पु¥याएको जनाएका छन् ।

प्रहरीले ओभरलोडिङ्का कारण दुर्घटना भएकको जनाएको छ भने दुर्घटनाबाट बाँचेका चालकले विपरीत दिशाबाट आउँदै गरेको कारमा ठोक्किनबाट बच्ने प्रयास गर्दा लरीले नियन्त्रण गुमाएको बताएका छन् ।




भर्खरै