१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहद्वारा राहत सहयोग



अ+ अ-

काठमाडौं । काठमाडौँको किर्तिपूरस्थित मच्छेगाँउ र चन्द्रागिरीको मातातीर्थमा रुकुमबाट आइ ज्यालामदूरी गर्ने ७१ घरपरिवारलाई चामल राहत वितरण गरिएको छ । 

रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमला रोकाको पहलमा ७१ परिवारलाई राहत वितरण गरिएको हो । चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहले ३० बोरा चामल राहत उपलब्ध गराएको सांसद रोकाले जनाएकी छन् । यस्तै, अमेरिकामा रहेका अभय श्रेष्ठले ६ बोरा चामल र सामाजिक अभियन्ता तथा युवा नेता प्रदीप परियारले १० बोरा चामल उपलब्ध गराएको उनले जनाएकी छन् । 

कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरिराखेको छ । लकडाउनको आज ७९ औं दिन पुगिसकेपनि सरकारले राहत उपलब्ध नगराएपछि चरम संकटमा परेका जनतालाई सांसद रोकाले विभिन्न व्यक्ति तथा निकायसँग सहकार्य गरेर राहत उपलब्ध गराउदै आएकी छन् । 

सांसद रोकाले आफ्ना निर्वाचन क्षेत्रका जनतालाई राहत वितरण गर्दै आएकी छन् । उनले पाँचौ चरणको राहत उपलब्ध गराएको भन्दै यसरी सकेसम्म जनतालाई सहयोग गरिरहने र भोकले मर्न नदिने प्रतिबद्दता समेत व्यक्त गरेकी छन् । 

लकडाउनको समय लम्बिदै जाँदा अब साँच्चिकै राहतको जरुरी पर्ने र आफ्नो जन्मभूमीका जनतालाई यसरी सकेको सहयोग गर्न पाउँदा खुशी लागेको महाप्रबन्धक शाहले बएता । उनी राहत वितरण केन्द्रमै पुगेर मजदूरसँग भलाकुसारी समेत गरेका थिए । सांसद रोकाले गरेको राहत वितरण कार्य प्रसंसनीय रहेको महाप्रबन्धक शाहले प्रतिक्रिया दिए । आफ्नै गाउँठाउँको मान्छेलाई राहत वितरणमा सरिक हुन पाउँदा खुशी लागेको पनि शाहले जानकारी दिएका थिए ।