१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार थप २ सय ७९ जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । गत २४ घण्टामा नेपालमा २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  

देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा २ सय ७९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११, गोरखाका ४, कपिलवस्तुको २२ र नुवाकोटका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै रौतहटका ५३ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका २, सिरहा १ उदयपुरका ३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । 

यस्तै विराटनगरमा भएको परीक्षणमा मोरङका ८, झापाका १ जना, कोसी अस्पतलामा भएको परीक्षणमा झापाका ४, भरतपुर अस्पतालमा भएको परीक्षणमा चितवनका २ र कोसी अस्पतलामा भएको परीक्षणमा उदयपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपुरका १, जनकपुरमा भएको परीक्षण्मा सर्लाहीका २, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका ७, नवपरासी पश्चिमका ५ जनामा पोजेटिभ देखिएको उहाँले बताउनुभयो । यस्तै पाल्पामा १२, प्युठानका ६ रुपन्देहीका ७ जना भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ३, बर्दिया १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सप्तरीका ६ दैलेखका २५ जाजरकोटका ३, सुर्खेतका ९ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती अस्पतालमा भएको परीक्षणमा दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डडेल्धुराका १ जना र धुलिखेल अस्पतालमा भएको परीक्षणमा सर्लाही १० र कपिलवस्तुको १९ जनामा पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ९० जनासहित आजसम्म ६ सय ७४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

बुधबारसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ जनाको कोरोना परीक्षण भएको छ ।

अहिले देशभरी १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा ३ हजार ६ सय ७५ जना रहेका छन् । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।