१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनियोजन विधेयक बहुमतले पारित, खर्च कटौतीका प्रस्तावहरु अस्वीकृत



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक २०७७ लाई पारित गरेको छ ।  

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०७७ बहुमतले पारित भएको हो । यसअघि बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले विनियोजन विधेयक माथि राखेका खर्चकटौतीका प्रस्तावहरु बहुमतले अस्वीकृत भएको थियो  । 

सांसदहरु दुर्गा पौडेल, पुष्पा भुसाल (गौतम), प्रेम सुवाल, उमा रेग्मी, सञ्जय कुमार गौतम, उमाकान्त चौधरी, लक्ष्मी परियार, सुजाता परियार, रंगमती शाही, मिनेन्द्र प्रसाद रिजाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबु कुमार यादव, डिला संग्रौला, राजेन्द्रकुमार केसी, देवेन्द्रराज कंडेल, मिनबहादुर विश्वकर्मा, पार्वता डि.सी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेन्द्र बहादुर कार्की, गगनकुमार थापा, अतहर कमाल मुसलमान, नारायण खड्का, दिलेन्द्र प्रसाद बडू, भिमसेन दास प्रधान, प्रकाशमान सिंहले खर्च कटौती सम्बन्धी प्रस्ताव राख्नुभएको थियो ।