२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेटमा दोस्रो सबैभन्दा कम स्कोर, वेस्ट इन्डिज २७ रनमा अलआउट



अ+ अ-

एजेन्सी । किंग्स्टन टेस्टको दोस्रो इनिङमा वेस्ट इन्डिजको टोली २७ रनमा अलआउट भयो । यो टेस्ट क्रिकेटमा दोस्रो सबैभन्दा कम स्कोर हो । यसअघि १९५५ मा न्युजिल्याण्ड २६ रनमा अलआउट भएको थियो ।

यो ७० वर्षमा सबैभन्दा कम स्कोर हो । अष्ट्रेलियाले यो खेल १७६ रनले जित्यो । यससँगै टोलीले टेस्ट शृङ्खला पनि ३–० ले जित्यो।

यो कम स्कोरिङ खेलमा अष्ट्रेलियाले आफ्नो पहिलो इनिङमा २२५ रन बनाएको थियो ।

जवाफमा वेस्ट इन्डिजको पहिलो इनिङ १४३ रनमा अलआउट भयो। दोस्रो इनिङमा अष्ट्रेलिया १२१ रनभन्दा अगाडि बढ्न सकेन र यसरी वेस्ट इन्डिजलाई २०४ रनको लक्ष्य मिल्यो ।

तेस्रो दिन अष्ट्रेलियाले ९९र६ को स्कोरबाट खेल्न सुरु गरेको थियो । टोलीको लागि दोस्रो इनिङमा क्यामरुन ग्रिनले सर्वाधिक ४२ रन बनाए । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ५ र शमर जोसेफले ४ विकेट लिए । जस्टिन ग्रीभ्सले एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजका ७ खेलाडी शून्य रनमा आउट भए । टोलीका लागि जस्टिन ग्रिभ्स एक मात्र खेलाडी थिए जसले दोहोरो अंकमा पुग्न सके । उनले २४ बलमा ११ रन बनाए । ग्रिभ्सलाई स्कट बोलान्डले आउट गरे ।

यसपछि, वेस्ट इन्डिजको सम्पूर्ण टोली २७ रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले दोस्रो इनिङमा ६ विकेट र बोलान्डले ३ विकेट लिए । जोश हेजलवुडले एक विकेट लिए ।