२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासनिक संघीयतालाई सुदृढ बनाउन जोड दिन्छुः नवनियुक्तमन्त्री न्यौपाने



अ+ अ-

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक संघीयतालाई सुदृढ बनाउने कुरामा आफ्नो प्राथमिकता रहने बताउनुभएको छ ।

बुधवार साँझ मन्त्री पदको शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रशासनिक संघीयतालाई सुदृढ नबनाइ संघीयता बलियो हुन नसक्ने बताउनु भयो । कर्मचारी व्यवस्थापनमा समस्या रहेको र तीन तहका कर्मचारी व्यवस्थापनको समस्यालाई समाधान गर्ने दाबी गर्नुभयो । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताउनु भयो ।

मन्त्री न्यौैपानेले भन्नुभयो, ‘प्रशासनिक संघीयतालाई सुदृढ बनाउनुपर्छ । प्रशासनिक संघीयतालाई सुदृढ नबनाइ संघीयता बलियो हुन सक्दैन । संघीयता सुदृढ हुन सक्दैन । कर्मचारी व्यवस्थापनमा समस्या छ । तीन तहका कर्मचारी व्यवस्थापनमा जुन प्रकारको समस्या छ, त्यो तीन तहको कर्मचारी व्यवस्थापनलाई सबैभन्दा पहिला ध्यान दिनुपर्छ भन्ने उद्देश्य छ । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्नुपर्छ भन्ने मेरो प्राथमिकता छ ।’

मन्त्री न्यौपानेले जनतालाई आभाष हुनेगरी आफूले कार्य सम्पादन गर्ने दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल