२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले विधान संशोधन: वरिष्ठ उपाध्यक्ष पद हटने, महासचिबका केही अधिकार पनि कटौति हुने !



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नराख्ने र महासचिवले प्रयोग गर्दे आएको केही अधिकार अध्यक्षले प्रयोग गर्ने गरि विधानमा संशोधन गर्न लागेको छ ।

आज बस्ने एमालेको केन्द्रीय सचिवालयको बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने र महासचिवले प्रयोग गर्दे आएका केही अधिकार अध्यक्षले प्रयोग गर्ने गरि विधानमा संशोधन गर्न लागेको हो।

एमालेका एक सचिवालयका सदस्यले न्यूजपोलारसंग भन्नुभयो ‘वरिष्ठ उपाध्यक्ष पद हटाउनुका साथै महासचिबले प्रयोग गर्दे आउनु भएका केही अधिकारहरु पार्टी अध्यक्षले प्रयोग गर्ने गरी विधान संशोधन गर्न लागिएको छ।’

आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीको सनराईज हलमा एमालेको दोस्रो विधान महाधिवेशन हुदैछ ।

यस पटकको विधान महाधिवेशनमा ७० वर्षे उमेर हद र अध्यक्षको २ वर्षे कार्यकालको बिषय पेचिलो बन्दै गएको छ भने पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि नयाँ तरङ उत्पन्न भएको छ ।