२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशका योजना कार्यान्वयनका लागि सुनसरीमा कार्यालय



मुख्यमन्त्री कार्की–शिलापत्र अनावरण सुनसरी, २ साउनः सुनसरीको इनरुवामा बसपार्क सुसम्पन्न भएपछि बिहीबार कोशी पूर्वाधार विकास कार्यालय, सुनसरी बसपार्कको कार्यालयको शिलापत्र शुभारम्म गर्नुहुँदै प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की । तस्बिरः नवीन गड्तौला÷रासस
अ+ अ-

सुनसरी।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्नका लागि सुनसरीमा पुर्वाधार कार्यालय शुभारम्भ गरिएको बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवा–४ स्थित बस चौकपार्कमा पूर्वाधार कार्यालयको उदघाटन गर्नुहुँदै उहाँले नागरिकको घर नजिकको प्रदेश सरकारको कामलाई प्रत्यक्ष रूपमा जनतालाई महसुस गराउने उद्देश्यसहित कार्यालयको स्थापना गरिएको उल्लेख गर्नुभयो ।

विकासको कामलाई तत्कालै अगाडि बढाउन र स्थानीयको प्राथमिकताको आवश्यकतालाई मध्यनजर गर्दै सरकारको योजनाअनुसार कार्यालय स्थापना गरिएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले सुनसरीमा प्रदेशकै ठूलो आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टर यसै वर्षबाट सञ्चालनमा आउने, दुई वर्षभित्रमा अरवौका संरचना निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । त्यसैगरी रामधुनी र कोशी टप्पुलाई पर्यटकीय आर्कषक गन्तव्यका रूपमा विकास गर्न लागिपरेको उहाँको भनाइ छ ।

दुहवी–इनरुवा सडकको यसै वर्षबाट ठेक्का लगाएर निर्माण काम अगाडि बढाउने र कौवाखोच सडक निर्माणलाई तीव्रता दिएको बताउनुभयो ।

कार्यक्रममा कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, पर्यटन, वन तथा वतावरण मन्त्री सदानन्द मण्डल, प्रदेशसभा सदस्य इसराईल मंसुरी, रामप्रसाद मेहता, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, हरिनगर गाउँपालिकाका प्रमुख गफार अंसारी लगायतको उपस्थिति थियो ।  रासस




भर्खरै